Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बागलुङ

बागलुङ

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बागलुङ

बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

हाम्रो बारेमा 2077-04-22

कार्यालयको परिचय  कार्यक्षेत्र:

बागलुङ जिल्ला नेपालको गण्डकी प्रदेशका जिल्लाहरु मध्यको एउटा मध्य पहाडी जिल्ला हो।यस जिल्लाको पूर्वमा पर्वत, दक्षिणमा गुल्मी, प्युठान र रोल्पा, पश्चिममा रुकुम र उत्तरमा म्याग्दी पर्दछ।यसको सदरमुकाम जिल्लाको पूर्वी सिमाना कालिगण्डकीको किनारमा अवस्थित बाग्लुङ हो।जिल्लाको नामाकरणबाट सदरमुकामको नाम रहेको छ।हाल संघिय प्रणाली बमोजिम ६ गाउपलिका र ४ नगरपालिका स्थानिय निकायमा विभाजन गरिएको छ।यो जिल्ला समुन्द्र सतह देखि ६०० मिटर देखि ४६९० मिटरको उचाईमा रहेको छ ।तत्कालिन नेपाल सरकार सिंचाइ मन्त्रालय  सिंचाइ विभाग अर्न्तगत रहने गिरि स्थापना भएको यस कार्यालय वि.स. २०७५ मा गण्डकी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय अर्न्तगतयस जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बागलुङ स्थापना भएकोमा प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०२/०५ को निर्णयानुसार गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूचीमा हेरफेर भै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशको स्थापना भए पश्चात उक्त्त मन्त्रालय अन्तर्गत रहेको छ।

समग्रमा प्रदेश सम्बृद्धिको लागि परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण मार्फत उत्पादकत्व वृद्धि गरि दिगो कृषि अर्थतन्त्र निर्माण गर्न उपलव्ध सतह र भूमिगत पानीको समान्जस्य रुपमा उपयोग गर्दै समानुकुल नविनतम प्रविधिको प्रगोग गरि सिंचाइ प्रणालीको विकास र विस्तार गर्नुपर्ने देखिन्छ।बागलुङ जिल्ला भैगोलिक हिसावले विकट तथा भु- बनावटका हिसावले कमजोर भएका कारण बर्षेनी भु–क्षय तथा बाढि पहिरोको उच्च जोखिममा रहेको छ। जलस्रोतको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँड तथा जलस्रोत, सिँचाइ र भूमिगत जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकासका साथै  जल तथा मौसम विज्ञान संबन्धि कार्य तथा आपतकालिन वाढि पहिरो नियन्त्रण तथा पुनस्थापन साथै नविकरणिय उर्जा विकास तथा विद्युत विस्तार कार्य यस कार्यलयको प्रमुख कार्यक्षेत्र रहेका छन् ।

गण्डकी प्रदेशको कुल भू-भागमध्ये २२.२ प्रतिशत अर्थात् ४८७८२३ हेक्टर भू-भाग खेती योग्य जमिन छ जसमध्ये ७६ % जमिनमा मात्र खेती गरिएको छ।खेती गरिएको कुल जमिनमध्ये ३६.१ % जमिनमा मात्र सिंचाइ सुविधा पुगेको छ। सिंचित कृषियोग्य जमिन मध्ये ४६.१ % जमिनमा मात्र बार्है महिना सिंचाइ सेवा उपलव्ध भएको अवस्था छ भने यस बागलुङ जिल्लाको कुल भू-भाग १८३५७४ हे. मध्ये ४६१४८ हे. (२५.१३%) जमिन खेतीयोग्य रहेको छ। खेतीयोग्य जमिनको ६७ % अर्थात ३०९१९ हेक्टर जमिनमा खेति गरिएको छ। खेति योग्य जमिनको १५.०५ प्रतिशत अर्थात ६९४४ हे जमिन जमिनमा सिंचाइ सुविधा पुगेको छ भने २८४१ हे. जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुगेको देखिन्छ। (आ.व. २०८१ असार मसान्तसम्मको तथ्यांक अनुसार) 

समग्रमा प्रदेश सम्बृद्धिको लागि परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण मार्फत उत्पादकत्व वृद्धि गरि दिगो कृषि अर्थतन्त्र निर्माण गर्न उपलव्ध सतह र भूमिगत पानीको संयोजनात्मक उपयोग गर्दै बढदो जल वायू परिवर्तनवाट हुने असर लार्इ मध्ये नजर गर्दै समानुकुल नविनतम प्रविधिको प्रगोग गरि सिंचाइ प्रणालीको विकास र विस्तार गर्नुपर्ने देखिन्छ।

सोच

  • खाद्यान्न उत्पादन र उत्पादकत्व वृद्धिको मूल आधार, दिगो सिंचाइ विकास।
  • जलविद्युतको तिब्र विकास मार्फत दिगो आर्थिक विकास र सम्वृद्धि
  • नवीकरणीय उर्जा, दिगो आर्थिक सामाजिक विकासको आधार

लक्ष्य

  • सिंचाइ प्रणाली तथा सिंचित क्षेत्रको विकास र कुशल व्यवस्थापन गरि कृषि उत्पादकत्व वृद्धि गर्ने
  • जलबिद्युत उत्पादन, प्रयोग क्षमता र दक्षता वृद्धि गरी आर्थिक सामाजिक विकासमा टेवा पुर्याउने
  • नवीकरणीय उर्जाको प्रवर्द्धन, विकास र कुशल व्यवस्थापन मार्फत प्रदेश अर्थतन्त्रमा टेवा पुर्याउने

उद्देश्य

  • सिंचित कृषि क्षेत्रको विस्तार र परम्परागत तथा जिर्ण सिंचाइ पूर्वाधारहरुको सुधार र पुनर्स्थापना गर्नु
  • टार क्षेत्रमा सिंचाइ सुविधाको विस्तार गर्नु
  • सिंचाइ प्रणाली तथा नदीको दिगो तथा प्रभावकारी व्यवस्थापन गर्नु
  • प्राविधिक तथा आर्थिक हिसाबले आकर्षक जलबिद्युत आयोजनाहरू पहिचान र विकास गरि उर्जा सुरक्षामा योगदान पुर्याउनु र दिगो अर्थतन्त्रको आधारशीला तयार गर्ने
  • बिद्युत व्यवस्थापनलाई दिगो र भरपर्दो बनाउने
  • जलबायु परिवर्तन तथा आयोजना निर्माणका कारण नदीमा परेको असर न्यूनीकरण गर्ने
  • नवीकरणीय उर्जाको माध्यमबाट ग्रामिण विद्युतीकरण र उद्योग संचालन गरि रोजगार सिर्जना गर्ने
  • नवीकरणीय उर्जाको व्यावसायिक प्रवर्द्धन, विकास र व्यवस्थापन गर्दै दिगो र समावेशी आर्थिक वृद्धिमा टेवा पुर्याउने
  • आपतकालिन बाढि पहिरो नियन्त्रण तथा पुनस्थापन गर्ने ।

रणनीति

  • उत्पादन र उत्पादकत्व वृद्धिको सम्भावना बोकेका ठुला कमाण्ड क्षेत्र तथा खाद्य असुरक्षित क्षेत्रलाई प्राथमिकतामा राखेर सिंचाइ प्रणालीको विकास गर्ने।
  • पहाडका टारहरुमा सिंचाइ सुविधाको विस्तार गर्न विशेष प्राथमिकता दिने।
  • सिंचाइ प्रणालीको व्यवस्थापनको लागि संस्थागत संरचना सुदृढीकरण गर्ने।
  • सिंचित क्षेत्रको संरक्षण तथा पानीको कुशल प्रयोग दक्षता वृद्धि गर्ने।
  • सिंचाइ आयोजनाहरुको मुहान संरक्षण गर्ने।
  • प्राविधिक तथा आर्थिक रुपमा आकर्षक जलबिद्युत आयोजना निर्माण गरि प्रदेश अर्थतन्त्रलाई मजबुत तथा दिगो बनाउने
  • उर्जाको प्रयोग तथा दिगो व्यवस्थापनमा दक्षता वृद्धि गर्ने
  • जलवायु परिवर्तन तथा आयोजना निर्माणका कारण नदीमा परेको असर न्यूनीकरण गर्न अध्ययन अनुसन्धान मार्फत उपायहरुको खोजि गरि कार्यान्वयन गर्ने
  • राष्ट्रिय प्रसारण लाइन नपुगेका र सम्भाव्य नभएका क्षेत्रमा नवीकरणीय उर्जाको माध्यमबाट विद्युतीकरण गर्ने
  • नवीकरणीय उर्जाको स्रोतलाई उत्पादन वृद्धि र रोजगारसंग जोड्ने
  • नवीकरणीय उर्जालाई व्यवसायिक उर्जाको रुपमा विकास गर्ने
  • बाढि तथा पहिरो जान सक्ने जमिनको पहिचान गरि रोकथामको लागि आवश्यक संरचनाको विकास तथा पुनस्थापनको कार्य गर्ने ।

कार्यालयको काम, कर्तव्य  अधिकार

  • सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१०/०९ को निर्णयानुसार गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूचीमा हेरफेर भै स्थापना भएको कृषि, उर्जा तथा जलस्रोत मन्त्रालय, गण्डकी प्रदेश हुदै पुन प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/२८ को निर्णयानुसार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत रहेको यस जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बागलुङको कार्यजिम्मेवारी निम्नानुसार रहेको छ:
    • जिल्लाको उर्जा, विद्युत, सिचाई, जल उत्पन्न प्रकोप (नदि तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान, तथा आयोजना निर्माण, कार्यान्वन सञ्चालन, मर्मत संभार समन्वय र नियमन ।
    • निर्माण कार्यको गुणस्तर निर्धारण र नियन्त्रण ।
    • राष्ट्रिय जलश्रोत नीति र संद्यीय योजना बमोजीम प्रदेशका नदि तथा सिमा नदीका जलउपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण, सञ्चान र व्यवस्थापन ।
    • जिल्लाभित्रको जलश्रोत उपयोग तथा नदि संरक्षण सम्बन्धी योजना तथा गुरु योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्याङ्गन ।
    • जिल्लाभित्रको जलश्रोत उपयोग हुने आयोजनहरुको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वन, अनुगमन र सञ्चालन।
    • जिल्लास्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीतिको तर्जुमा तथा कार्यान्वयन, प्रविधि विकास र व्यवस्थापन।
    • मौसम र जलमापन सञ्चार सञ्जाल व्यवस्थापन।

डिभिजन कार्यालयको संगठन संरचनादरवन्दी तेरिज :

कार्यालयलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले व्यवस्था गर्ने कानूनी प्रावधान रहेको छ।हाल तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्रालयको स्वीकृत संगठन संरचना अनुसार यस कार्यालयमा देहाय बमोजिमको ११ स्विकृत दरवन्दीमध्ये हाल ९ जना कर्मचारी कार्यरत रहेका छन्।

स्वीकृत कर्मचारी दरबन्दी संख्या: ११

दरबन्दी विवरण

सि.नं

पदको विवरण

सेवा

समूह

उपसमूह

श्रेणी/तह

स्वीकृत दरबन्दी

कैफियत

डिभिजन प्रमुख

ईञ्जिनियरिङ

सिभिल

ईरिगेशन

नबौं/दशौँ

 

इन्जिनियर

ईञ्जिनियरिङ

सिभिल

ईरिगेशन

सातौं/आठौँ

 

सहायक/अधिकृत

प्रशासन

सामान्य प्रशासन

 

पाचौं/छैटौं

 

लेखापाल

प्रशासन (लेखा)

प्रशासन (लेखा)

 

पाचौं/छैटौं

 

सव-इन्जिनियर

ईञ्जिनियरिङ

सिभिल

ईरिगेशन

पाचौं/छैटौं

 

‍६

ह.स.चालक

-

-

-

श्रेणी बिहिन

 

कार्यालय सहयोगी

प्रशासन

सामान्य प्रशासन

-

श्रेणी बिहिन

 

 

 

 

 

 

जम्मा

११

 

 

सम्पर्क


जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बागलुङ

बागलुङ

068-520175

068-520175

irr.baglung@gmail.com

हामीलाई फलो गर्नुहोस्


महत्त्वपूर्ण लिंकहरु


कार्यालय समय



पछिल्लो अपडेट गरिएको : 2082-01-10 16:08:49

© सर्वाधिकार सुरक्षित जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बागलुङ

Powered By: ProActive Developers